Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अकबरे खुर्सानी खेति गर्ने किसान बजारको अभाव हुँदा चिन्तत

  •   १ वर्ष अघि | १९ साउन २०८२, आइतवार

साउन १८, म्याग्दी । म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगरको बारीमा अहिले लटरम्मै अकबरे फलिरहेको छ। तर उनलाई खुसी भन्दा बारीमा लहलह फलेको अकबरे खुर्सानी कहाँ लगेर बेच्ने भन्ने बढी चिन्ता  छ।

धौलागिरि कृषि तथा पशुपंक्षी फार्म ओमराजले सञ्चालन गर्दै आएको फर्म हो। उनको यो फर्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबरे खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा हिडेका छन।

उनी बजारको खोजिमा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा भौतारिरहेका छन्।

बजार अभाव अकबरे खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ।

किसानका अनुसार स्थानीय बजार सानो छ र खपत थोरै हुन्छ भने धेरै खपत हुने ठूला सहरका व्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क हुन सकेको छैन। 

  • न्युज बहार संवाददाता

थप