Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

असिनापानीले चिचिला लाग्ने बेलाको स्याउखेतीमा क्षति

  •   १ वर्ष अघि | २३ बैशाख २०८२, मङ्लबार

वैशाख २३, जुम्ला । जुम्लाको स्याउखेतीमा असिनापानीले क्षति पुर्याएको छ । असिनाले जिल्लाको गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा रहेको सबैभन्दा बढी स्याउका बिरुवामा क्षति पुर्याएको छ । स्याउ कृषकका अनुसार स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति विरुवा नष्ट गरेको हो ।

जिल्लामा कुल चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ भने सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर रहेका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुखका अनुसार यस क्षेत्रमा गत वर्ष रु ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको थियो ।

प्रारम्भिक अनुमानमा असिनाले करिब १० लाख जतिको स्याउमा क्षति पुर्याएको देखिएको छ । कृषि विकास कार्यालयका अनुसार स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर अहिले क्षतिको विवरण तथ्याङ्क सङ्कलन भइरहेको छ । यस वर्ष असिनाले स्याउ उत्पादनमा कमि आउने आँकलन गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप