वैशाख ८, काठमाडौँ । कालीमाटी तरकारी बजारमा तराई गाजर सस्तो भएको छ । अहिले कालिमाटीमा तराई गाजर प्रतिकिलो थोक मूल्य दश रूपैयाँमा कारोबार भइरहेको छ।
गाजर बजारमा
तराई र लोकल गरी दुई प्रकारको आउँछ।
लोकल
गाजर प्रतिकिलो थोक मूल्य २० देखि ३५ रूपैयाँ छ भने तराई गाजर १० देखि २० रूपैयाँमा
बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको
छ ।
व्यवसायीहरूका अनुसार अहिले गाजरको मुख्य सिजन भएकाले मूल्य घटेको हो ।
- न्युज बहार संवाददाता