Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ वटा उडान

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९, काठमाडौँ । एक महिनाको समयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय १५ वटा उडान र अवतरण भएको छ । यसबाट ६ हजार बढीले यात्रा गरेका छन्।

चारवटा अन्तर्राष्ट्रिय उडानमार्फत गत फेब्रुअरी महिनाभरीमा ६ हजार ७७९ जनाले यात्रा गरेका विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार जजिरामा तीन हजार २६५, फ्लाई दुबईमा दुई हजार ४०३, थाई एयर एसियामा एक हजार ९७, नेपाल एयरलाइन्समा एक जना र १३ जनाले चार्टर्ड उडानमार्फत यात्रा गरेका हुन ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले फेब्रुअरी महिनाको यात्रु आवगमन अहिलेसम्मकै धेरै रहेको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप