माघ १२, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले शुक्रबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी
भू-भागका मौसम आंशिक बदली देखि सफा रहनेछ।
आज देशको
पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना
रहेको छ। महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने
हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा
प्रभाव पर्न सक्ने छ ।
- न्युज बहार संवाददाता