साउन २, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहिरहेको छ। मनसुनी वायुको प्रभावले अहिले सबै प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।
आज मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही आज सातै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यसैगरी आज राति भने देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता