पुस १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
यसको प्रभावले अहिले
बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा
रहेको छ भने तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।
आज बुधबार दिउँसो गण्डकी प्रदेश, कोशी प्रदेश
र बागमती
प्रदेशका पहाडी भू–भागमा
आंशिक बदली रही बाँकी भू–भागमा
मौसम सामान्यतया सफा रहने र तिनै प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
त्यसैगरी
आज राति गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने
महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता