Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज देशका अधिकांश स्थानमा वर्षा, कहिले हुन्छ मौसम सुधार

  •   २ वर्ष अघि | २१ माघ २०८०, आइतवार

माघ २१, काठमाडौँ । आज देशभरको मौसममा पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण बदली भएको छ ।

मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार उक्त मौसम प्रणालीका कारण गण्डकी प्रदेश, बागमती प्रदेशलुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशको तराईमा मात्र मौसम सफा रहेको छ भने बाँकी स्थानको मौसम बदली भइहरेको छ ।

महाशाखाका मौसमविद्का अनुसार विगत २४ घण्टामा गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज देशको राजधानी काठमाडौँका केही स्थानमा पनि हल्का पानि परेको छ ।

मौसममा भोली सोमबार साँझदेखि क्रमशः सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप