Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज चार प्रदेशमा भारी वर्षा, सतर्क रहन महाशाखाको अनुरोध

  •   २ वर्ष अघि | ९ असार २०८१, आइतवार

असार ९, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, बागमती प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ ।

यसको प्रभावले गण्डकी प्रदेश, बागमती प्रदेश  र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज कोशी प्रदेश, बागमती प्रदेश  , गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढी, गेग्रान बहाव तथा पहिरो र भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • न्युज बहार संवाददाता

थप