फागुन २२, काठमाडौँ। चितवन जिल्ला रत्नगर
नगरपालिका–१० स्थित
शिशु निकेतन माविको छात्राबासमा केही दिन अघी मृत भेटिएकी बालिका शालिन पोखरेलको
कोठामा भेटिएको ‘सुसाइड नोट’
शालिनकै भएको पुष्टी भएको छ ।
सुसाइड नोटमा
लेखिएको अक्षर र शालिनकै अन्य अक्षरसँग मिलाउँदा उक्त अक्षर शालिनकै भएको पुष्टि
भएको हो ।
केन्द्रीय
प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालका अनुसार नेपाल प्रहरी विधि विज्ञान
प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको हो ।
उनका
अनुसार उक्त रिपोर्ट चितवन जिल्ला प्रहरी
कार्यालय पुगिसकेको छ ।
- न्युज बहार संवाददाता