Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

मकै लगाउने सिजन नजिकिँदै गर्दा मकै खेती बजारीकरण तथा प्राविधिक तालिम सम्पन्न

  •   ५ महिना अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ । लुम्बिनी प्रदेशका मकै पकेट क्षेत्रहरूमा मकै लगाउने सिजन नजिकिँदै गर्दै गर्दा मकै खेती बजारीकरण तथा प्राविधिक तालिम सम्पन्न भएको छ।

'पोल्ट्रीको लागि साझेदारी कार्यक्रमअन्तर्गत मकै खेती प्रवर्द्धनका लागि  एक दिवसीय तालिम सम्पन्न भएको हो।

माघ २३ गते हिमपात साना किसान सहकारी चन्द्रौटाको स्थानीय व्यवस्थापनमा मकै खेतीसम्बन्धी तालिम कपिलवस्तुबाट सुरू गरिएको थियो।

श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले त्यसपछी विभिन्न क्षेत्रमा तालिम दिइ सोमबार बाँकेमा मकै खेती सम्बन्धी तालिम दिएर तालिम कार्यक्रम सम्पन्न गरिएको जानकारी दिएको छ।

तालिममा ६ सय बढीको सहभागिता रहको श्रीनगरले जनाएको छ । 

दाना उत्पादनमा मात्र पोल्ट्री क्षेत्रमा विश्वास कमाएको श्रीनगरले ५ देखि ६ हजार मेट्रिक टन मकै खरिद गर्दै आएको छ।

श्रीनगरले साना किसान सहकारीसँगको सहकार्यमा उद्योगलाई दाना उत्पादन गर्दा आवश्यक पर्ने कच्चा पदार्थको स्वदेशमै आपूर्ति बढाउन प्रवर्द्धनको कार्यक्रम अगाडि बढाएको हो।

 

  • न्युज बहार संवाददाता

थप