Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मात्र बझाङमा ठुला साना गरि पटक पटक भूकम्प, ४ रेक्टर स्केल माथीको ६ वटा

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, काठमाडौँ । आज मंगलबार बझाङ जिल्लामा केन्द्रविन्दु भएर पटक पटक भूकम्प गएको छ ।

सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको, त्यो भन्दा अघी २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाले भने ‘३ बजेर ६ मिनेटको मेनसकपछि ४ रेक्टरमाथिका ३-४ वटा परकम्प गइसकेको छ , ४ रेक्टरभन्दा कमका त जन धेरै गएको छ।’

यस तथ्यलाई हेर्दा बझाङमा क्रमश ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका, ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र साँझ ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्पको धक्का महशुस भएको छ ।

उनले भूकम्प कुनै सूचना वा पूर्वसूचना दिएर नआउने हुँदा, एकै दिन धेरै पटक भूकम्प गए पनि त्यसलाई जोखिम घटेको वा बढेको केही भन्न नसक्ने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप