भदौ २९, काठमाडौँ । स्युचाटार-टेकु लाइन नेपाल विद्युत प्राधिकरणले तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेकोले शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म स्युचाटार-टेकु लाइन सटडाउन गर्ने प्राधिकरणले जनाएको छ।
त्यसैगरी प्राधिकरणले ६६ केभी स्युचाटार(पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म ६६ केभी स्युचाटार(के३ लाइन) सटडाउन गरिने जनाएको छ।
तीन वटा प्रसारण लाइन सटडाउन गर्दा ललितपुर र काठमाडौँका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन ६६ केभी स्युचाटार(टेकु प्रसारण लाइन) अवरूद्ध हुने भएको छ।

- न्युज बहार संवाददाता