पुस १६, काठमाडौँ । आज मंगलबार बिहान बैतडी
जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६
म्याग्निच्युडको भूकम्प गएको हो ।
बैतडी
जिल्लाको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले
जनाएको छ ।
भूकम्पको थप
विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता