असार १५, मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गएराति देखि परेको निरन्तर वर्षाका कारण शुक्रबार बिहान ललितपुरको भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जानकारी गराएको छ।
जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले कान्ति लोकपथ सडक खण्ड अन्तरगत पर्ने मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तर तर्फ भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता