Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन्दीप लामिछाने दोषी, किशोरी साबालिक भएको अदालतको ठहर

  •   ३ वर्ष अघि | १३ पुस २०८०, शुक्रबार

पुस १३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको छ ।

लामिछानेको यो मुद्दाको सुनुवाइका क्रममा पीडित अर्थात ‘गौशला २६’को उमेरबारे पनि निकै विवाद भएको थियो । किशोरी नाबालिक वा साबालिक भन्ने कुरामा धेरैनै विवाद भयो ।

आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिक रहेको ठहर गरेको छ । वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगेको अदालतले ठहर गरेको हो । 

नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको डेलिभरी रजिस्टर, रालुका गाविस नुवाकोट तथा शंकरापुर नगरपालिका, काठमाडौँको बसाइँ सराइ दर्ता किताब र गौशला २६ को बकपत्र लगायतले ‘गौशाला २६’ को जन्ममिति १८ असार २०६१ रहेको खुल्न आएको छ भने घटना भएको बेला उनको उमेर १८ वर्ष पुगेको अदालतको इजलासले ठहर गरेको छ।

  • न्युज बहार संवाददाता

थप