असार
१२, काठमाडौँ। बसुन्धारामा फेला परेको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ। बसुन्धारास्थित
तिलंगाटारमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको हो।
तिलंगाटार क्षेत्रमा आज मंगलबार बिहान सवा ८ बजे
तिरको समयमा शंकास्पद वस्तु फेला परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम
रिजालले एउटा बट्टामा तार निकालेर राखेको अवस्थामा फेला परेको उक्त वस्तुलाई
निष्कृय गरिएको जानकारी दिएका छन।
- न्युज बहार संवाददाता