Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दोलखाको सुख्खा पहिरोमा परि एक जनाको मृत्यु

  •   ३ वर्ष अघि | १ माघ २०८०, सोमवार

माघ १, दोलखा । दोलखा जिल्लामा गएको सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना घाइते समेत भएका छन् । दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खा पहिरो गएको थियो ।

दिउँसो करिब ३ बजे लामावगर– लप्चि सडक खन्ने क्रममा देउराली भन्ने स्थानमा नासा हाइड्रो पावरमा कार्यरत मनिसहरु माथि पहिरो खसेको थियो । प्रहरीका अनुसार सडक खन्ने क्रममा सडकको माथिल्लो भागबाट सुख्खा पहिरो खस्दा उनीहरु पुरिएका हुन ।

सुख्खा पहिरोका कारण घटनास्थलतर्फ जाने सडक र बाटो अवरुद्ध हुनुका साथै मौसम प्रतिकुलताका कारण हेलिकोप्टर समेत जान नसक्दा घाइतेको उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप