Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नारायणगढ मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पुस ७ गतेदेखि ३ हप्तासम्म विहान ११ बजेदेखि ३ बजेसम्म तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि सडक बन्द हुने भएको हो ।

तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले गरेको छ ।

अघिल्लो वर्षपनि पुस ५ गतेबाट सो सडक खण्डमा पुल निर्माणका लागि नै सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाले यो वर्ष पनि पुस ७ गतेदेखि ३ हप्तासम्म ४ घण्टा सडक बन्द गरेर काम गरिने जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप