Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु पश्चात नागढुंगा सडक अवरूद्ध

  •   ३ वर्ष अघि | २३ मंसिर २०८०, शनिबार

मंसिर २३, काठमाडौँ । ट्रकको ठक्करबाट थानकोटमा स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध पारेका छन्।

चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा शुक्रबार दिउँसो ३ बजे कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको डिब्बा गाडी ट्रकले ठक्कर दिएको थियो।

स्कुटरमा सवार चन्द्रागिरी-२ नागढुंगा बस्ने ४० वर्षीय  श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले गएराति अस्मिताको उपचारकै क्रममा मृत्यु जानकारी दिएका छन ।

स्थानीयहरूले उनको मृत्यु भएपछि शनिबार बिहान नागढुंगा सडक अवरूद्ध पारेका हुन्। थानकोट, खरिबोट र नागढुंगा चेकपोइन्टमा दर्जनौंको संख्यामा उपस्थित भएका स्थानीयहरूले बिहान केहीबेर सडक ठप्प पारेका हुन्।

  • न्युज बहार संवाददाता

थप