भदौ २७, काठमाडौँ । असोज ५ गतेबाट गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण सुरु हुने भएको छ । बुधबार राजधानीमा निर्माण युनिटले एक पत्रकार भेटघाट गर्दै कार्यक्रमको नयाँ सिजन र बिभिन्न पक्षबारे जानकारी दिएका छन ।
यो सिजनमा डिजिटल अडिसनबाट छनिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । नेपालसहित बिभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले अडिसनमा सहभागिता जनाएका थिए ।
शो को यो सिजनमा कोच रहेका प्रमोद खरेलले निरन्तरता पाएका छन् । यसैगरी राजेशपायल राई पनि यो सिजनमा दोहोरिएका छन् । नयाँ अनुहारमा गायिका मिलन नेवार र सुगम संगीतका चर्चित गायक उदय सोताङ कोचमा अनुबन्धित भएका छन ।
- न्युज बहार संवाददाता