भदौ २३, दाङ । बाँकेमा सात जनाको मृत्यु हुने गरी बस दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले शुक्रबार राति ९ बजे कोहलपुरको शमशेरगञ्जमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको बताएका छन ।
ना ७ ख २३२१ नम्बरको बस दाङबाट बर्दियातर्फ आउँदै गरेकोमा बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएर दुर्घटना भएको डीएसपी डाँगीले उल्लेख गरेका छन।
प्रहरीले बस दुर्घटनामा करिब ३० जना घाइते भएका र घाइतेहरुको बाँकेमा उपचार भइरहेको जनाएको छ ।
- न्युज बहार संवाददाता