कार्तिक
३, काठमाडौँ । डा बद्री केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा विजयी
भएको घोषणासँगै तनावको माहोल सृजना भएको छ ।
सिस्टम
ह्याकको आरोप लगाउँदै पराजित उम्मेदवारहरुले मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका
छन् भने यता समर्थकहरुले चर्को नाराबाजी समेत गरेका छन् ।
अध्यक्षका अन्य प्रत्यासीहरु महेश
श्रेष्ठ र आरके शर्माले भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा प्रभावित गरेको आरोप लगाएका हुन । अब आफुहरु कानुनी
प्रक्रियामा समेत जाने उनीहरूले बताएका छन् ।
केसी, श्रेष्ठ र शर्मा राजधानीको होटल
सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनका लागी चुनावी
मैदानमा उत्रिएका थिए ।
- न्युज बहार संवाददाता