असार २७, सिरहा । सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ।
मङ्गलबार साँझ अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन ।
उनले सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि घुस मागेको पाइएको छ ।
- न्युज बहार संवाददाता