जेठ १७, काठमाडौँ। काठमाडौँको नयाँबजारमा रहेको इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत भेटिएको छ।
लैनचौर प्रहरीले स्थायी घर धादिङ भएका सोही स्कुलको कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेको जानकारी दिएको छ । उनी आफू बस्दै आएको कोठा भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
अहिले उनको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । प्रहरीले मृत्युको कारण भने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
- न्युज बहार संवाददाता