साउन ९, काठमाडौँ । बागलुङमा एक जना प्रहरी इन्चार्ज मृत फेला परेका छन। बागलुङ जिल्ला इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन ।
बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आशा होटल बडिगाड गाउँपालिका वडा नम्बर ६ को तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जानकारी दिएकी छन।
उनले भनिन्, ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको भन्ने छ अनुसन्धानका लागि पर्दा काट्ने छोरा र होटेल साहुनीलाई प्रहरीले चौकीमा पठाएको छ ।’
उक्त घटना सोमबार राति साढे १२ बजेतिरको रहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले बताएका छन। घटना थाहा भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका हुन ।
- न्युज बहार संवाददाता