साउन १४, दाङ । आज रुकुम पश्चिममा पहिरोको कारण दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा स्थानीय एक महिला र एक पुरुषको घाँस काट्ने क्रममा पहिरोको ढिस्को खस्दा मृत्यु भएको हो।
उनिहरु घाँस काटिरहेको अवस्थामा पहिरोको ढिस्कोले लाग्दा तल खस्न पुगेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेका हुन।
पहिरोमा परि एक जना घाइते भएका छन।
- न्युज बहार संवाददाता