असोज १४,
काठमाडौँ । एक मोटरसाइकल काठमाडौँको तिनकुनेस्थित पुलबाट बागमती नदीमा खसेको छ ।
जिल्ला
प्रहरी परिसर काठमाडौँले एक जना युवकको नदीमा मोटरसाइकल खस्दा मृत्यु भएको जनाएको
छ ।
जिल्ला
प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल बानेश्वरबाट
कोटेश्वरतर्फ जाँदै गर्दा पुलबाट खसेको बताएका छन ।
प्रहरीका
अनुसार यस दुर्घटनामा परेर मोटरसाइकल पछाडी सवार रहेका भक्तपुरको चाँगुनारायण घर
भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको हो ।
मोटरसाइकल
चालकलाई उद्धार गरी उपचारका लागी अस्पताल पठाइएको छ ।
- न्युज बहार संवाददाता