पुस ८, काठमाडौँ
। आज थप दुई उद्योगको बिजुली नेपाल विद्युत प्राधिकरणले काटेको छ।
प्राधिकरणले
बक्यौता तिर्न अटेर गरेको भन्दै सर्वोत्तम सिमेन्ट र लक्ष्मी
स्टिलको बिजुली काटेको हो।
लक्ष्मी
स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी रहेको र सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ
तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।
शनिबार पनि बक्यौता नतिर्ने चार
उद्योगको बिजुली प्राधिकरणले काटेको थियो। त्यी चार उद्योगमा रिलायन्स स्पिनिङ
मिल्स, जगदम्बा
स्टिल, अर्घाखाँची
सिमेन्ट र घोराही सिमेन्ट रहेका थिए ।
- न्युज बहार संवाददाता