Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामान्य अंकले बढेको नेप्सेमा, ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

  •   २ वर्ष अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । आज मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यस दिन नेप्से परिसूचक ६.२२ अंक(०.२९ प्रतिशत)ले बढेर २०८५.३० विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। बजारमा यस दिन ३१५ स्टकको ५३ हजार ९९९ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको ८३ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ।


आज मंगलबार ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन सर्वाधिक ५.५१ प्रतिशतले बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य घटेको छ।

आज कारोबार रकमका आधारमा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

आज सर्वाधिक २.७० प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड, जलविद्युत र अन्य उपसमूहको परिसूचक घटेका छन ।

 

  • न्युज बहार संवाददाता

थप