असोज
२१, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको
छ। आज नेप्से परिसूचक ३७.१३ अंक(१.३९ प्रतिशत)ले बढेर २६९०.७२ विन्दुमा बन्द
भएको हो ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि बढेको छ। बजारमा यस दिन ३०५ स्टकको ७३ हजार ११९ पटकको कारोबारमा ७ अर्ब ९
करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार कित्ता शेयर
खरिदबिक्री भएको हो ।
आज सर्वाधिक ९.९३ प्रतिशतले थ्रिस्टार हाइड्रोपावरको
शेयरमूल्य बढेको छ भने यस दिन इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा
कारोबार भएको छ।
यस दिन कारोबार रकमका
आधारमा चन्द्रागिरी हिल्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २६
करोड २३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ।
आज सर्वाधिक ३.५०
प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता