Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२७.५४ अंकले भढ्यो नेप्से, कारोबार रकम पनि बढ्दै

  •   २ वर्ष अघि | ७ जेष्ठ २०८१, सोमवार

जेठ ७, काठमाडौँ । नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ ।

यसदिन नेप्से परिसूचक २७.५४ अंक(१.३३ प्रतिशत)ले बढेर २०९२.०० विन्दुमा पुगेको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । बजारमा यस दिन ३१५ स्टकको ८० हजार ९८२ पटकको कारोबारमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज पनि नेप्सेमा ४ स्टक बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, नेरुडे मिर्मिरे लघुवित्त र भगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज सर्वाधिक ७.४० प्रतिशतले कारोबारमा आएको उपकार लघुवित्तको शेयरमूल्य घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज  १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक घटेको छ भने ८ उपसमूहको परिसूचक बढेको छ ।

सोमबार बैंकिङ्ग सर्वाधिक ४.१८ प्रतिशतले उपसमूहको परिसूचक बढेको छ भने जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा  र लघुवित्त उपसमूहको परिसूचक घटेको हो।

  • न्युज बहार संवाददाता

थप