Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सामान्य बढेको नेप्सेमा ३ अर्ब ५९ करोडको कारोबार

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार

पुस १७, काठमाडौ । आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ । बजारमा यस दिन ३०५ स्टकको ४३ हजार ७२९ पटकको कारोबारमा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँबराबरको ९४ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन सपोर्ट माइक्रोफाइनान्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २१ करोड ८२ लाख रुपैयाँबराबरको शेयर कारोबार भ

भएको छ । 

आज कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।

यस दिन सर्वाधिक ३.८७ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ भने बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

  • न्युज बहार संवाददाता

थप