फागुन १५, काठमाडौँ । अब मोबाइलमा ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने हुने भएको छ । मोबाइल टपअपको सीमा न्यूनतम ५० रुपैयाँ कायम गरिएको नेपालका दुवै सेवा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले जनाएको छ । यसअघि टपअपको सीमा १० रुपैयाँ रहेको थियो ।
नेपाल
टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार मोबाइलमा रिचार्ज टपअप सेवा प्रदान गर्ने
बैङ्क तथा भुक्तानी सेवा प्रदायकमार्फत अब न्यूनतम ५० रुपैयाँ मात्रै भुक्तानी
गर्न मिल्ने भएको हो । उनले यो निर्णय वार्षिकोत्सवकै दिन भएको भए पनि कार्यान्वयन
भने आज (फागुन १५ गते) देखि लागू भएको जनाएका छन ।
- न्युज बहार संवाददाता