असार ३०, विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
महामन्त्री थापाले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारेका छन ।
पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार समेत उनले व्यक्त गरेका छन ।
- न्युज बहार संवाददाता