Breaking News
शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव    ||     आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट    ||     २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा    ||     रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने    ||     दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी    ||     विपक्षी दलहरूका कारण आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध    ||     बलिउड अभिनेता सलमान खानको निवास बाहिर हवाई फायरिङ    ||     आज आइतबार कुन मुद्रको खरिद बिक्री दर कति?    ||     एकै दिन यती धेरै घट्यो सुनको मुल्य    ||     बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिने तयारीमा अख्तियार    ||    

आफ्नो दाँतको बारेमा के तपाईलाई यी कुराहरु थाहा छ ?

दाँत माझीसकेपछी आधा घण्टा सम्म पानिले कुल्ला गर्ने वा खाने कुरा खानु हुँदैन

  •   २ महिना अघि | २४ माघ २०८०, बुधबार

के तपाईहरुलाई आफ्नो दाँतको विषयमा यी जानकारीहरु थाहा छ? आउनुस स्वस्थ दाँतका लागी थाहा पाउनै पर्ने यी कुराबारे जानिराखौँ

१.   दाँतको इनामेल अर्थात दाँतको बाहिर पट्टीको सेतो कलर बलियो हुन्छ, तर यो कहिले विनाश नहुने अविनाशी भने हुँदैन । दाँतको इनामेल मानव शरीरमा सबैभन्दा कडा पदार्थ हो तर यसमा अम्लीय अर्थात अमिलो खानेकुराहरु र अत्यधिक बलको प्रयोगले क्षति पुग्न सक्छ ।

२.   दाँतमा हुने प्वालहरु अर्थात क्याभेटिजहरु सबै समान्य हुन र यसको रोकथाम गर्न सकिन्छ । दाँतका क्याभेटिजहरु वा दन्त क्षय सबैभन्दा प्रचलित मौखिक स्वास्थ्य समस्याहरू मध्ये एक हो। नियमित ब्रसिङ र फ्लसिङ सहित राम्रो मौखिक स्वच्छता कायम गरेर तिनीहरूलाई रोक्न सकिन्छ।

३.   गिजाको स्वास्थ्य महत्वपूर्ण छ किनकी स्वस्थ गिजा समग्र मौखिक स्वास्थ्यको लागि आवश्यक हुन्छ । सामान्य दाँतका गिजामा लाग्ने रोगको प्रारम्भिक चरणलाई उचित मौखिक हेरचाहले ठिक गर्न सकिन्छ तर यदि यसको उपचार नगरेमा यो गिजाको रोगले अधिक गंभीर रूपहरु लिन सक्छन ।

४.   दन्त चिकित्सकका अनुसार दाँतलाई मन्जन राखेर माझ्ने काम सकिएपछी मन्जनको फिजँ जतिलाई थुक्ने गर्नु पर्छ र मुखमा आधा घण्टासम्म पानीले कुल्ला गर्ने र खानेकुराहरू खाने गर्नुहुँदैन । 

५.   प्रायः टूथपेस्टमा पाइने फ्लोराइड दाँतको लागि फाइदाजनक हुन्छ फ्लोराइडले दाँतको इनामेललाई बलियो बनाउन मद्दत गर्छ र दाँतको क्षयलाई रोक्छ ।

६.   दाँतमा दुई प्रकारले किरा लाग्ने गर्छ । पहिलो पेरियो विथ इन्डोहो भने दोस्रो इन्डो विथ पेरियोहो । यी दुईवटै मेडिकल ट्रर्महरु हुन् । 

७.   दाँत दिनमा २ पटक ब्रस गर्नु राम्रो हो । दन्त चिकित्सकले पनि दुई पटकभन्दा धेरै दाँत ब्रस नगर्न सल्लाह दिन्छन । खाना कतै नअड्कियोस् भनेर हल्कासँग ब्रसमात्र घुमाएर ब्रस गर्दा राम्रो हुन्छ । बल लगाएर ब्रस गर्नु हुन्न ।

८.   धेरै तातो र धेरै चिसो खानेकुरा खाँदा दाँतलाई असर गर्न सक्छ ।

९.   जिब्रोले दाँतलाई चलाउँदा मात्र पनि दाँत हल्लिएको महसूस हुन्छ भने त्यो सामान्य हल्लाई नहुन सक्छ तर एकदम जोडले हल्लाउँदा अलिअलि हल्लिएको महसुस हुन्छ भने त्यो चाहिँ सामान्य हुन्छ । 

१०.  दाँत दुखेको छैन भन्दैमा दाँतमा समस्या नै छैन भन्न मिल्दैन त्यसैले हरेक ६६ महिनामा दाँतको चेकअप गराउनु सबैका लागि राम्रो हुन्छ ।

  • सृजना प्याकुरेल

थप